
पोखरा । पोखरामा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि अनेकौं बहाना बनाई जबर्जस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको कास्कीका प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार ती पुरुषले पछिल्लो पटक गत मंसिर ६ गते शनिबार पोखराकै एक होटलमा छोरीलाई लगेर अश्लील फोटो तथा भिडियो देखाएर जबर्जस्ती गरेका थिए ।
पक्राउ परेका पुरुष विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमती लिई अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
