पोखरामा थप २ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका एक पुरुष र एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भई चरक मेमोरियल अस्पताल पोखरामा उपचाररत पोखरा–२ का ५९ वर्षीय पुरुषको मंसिर १० गते बुधबार उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै मंसिर ५ गते नै कोरोना पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–३२ की ६६ वर्षीया महिलाको आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: