गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका २९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा बाग्लुङका १० जना, कास्कीका ९ जना, स्याङ्जाका ८ जना तथा म्याग्दी र तनहुँका १/१ जना रहेका छन् ।

बाग्लुङका पालिका नखुलेका ५४, २३, २२, ४१, ७१, ६५ र २७–२७ वर्षीय पुरुष तथा ५८ र ३८ वर्षीया महिला, कास्कीको पोखरा महानगरपालिका वडा नं.१५ का ७४ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.१६ का ५६ र ३१ वर्षीया महिला, वडा नं.३३ की ३६ वर्षीया महिला, मणिपाल शिक्षण अस्पातालका ३५ वर्षीय पुरुष, साहारा अस्पातालकी २३ वर्षीया महिला, फिस्टेल अस्पतालका ३० वर्षीय पुरुष तथा मादी गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै स्याङ्जा वालिङका ३ वर्षीय बालक सहित ३५, २३, ५७, ३० र ७७ वर्षीय पुरुष तथा १७ र ४६ वर्षीया महिला, तनहुँको मद्म नर्सिङ होमकी ३५ वर्षीया महिला एवं म्याग्दी रघुगंगाका २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६८६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: