कोरोना भाइरसः नेपालमा थप १७०३ जनामा संक्रमण, १२३६ संक्रमणमुक्त, २३ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६९६ महिला र १००७ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै ललितपुरका १६० जना, मोरङका १०९ जना, झापाका ९६ जना, रुपन्देहीका ७० जना, भक्तपुरका ६३ जना, कास्कीका ५४ जना, दाङका ४५ जना, सुनसरीका ३९ जना, कैलालीका ३७ जना, काभ्रेमा २८ जना, बाँकेका २६ जना, चितवनका २५ जना, बर्दियाका २३ जना, मकवानपुरका २१ जना, पाल्पाका १७ जना, नुवाकोटका १६ जना, तनहुँ र नलवपरासीका १५/१५ जना, कञ्चनपुरका १२ जना, धुनषा, कपिलवस्तु, गुल्मी र बैतडीका ११/११ जना, दोलखा, स्याङजा र पर्वतका १०/१० जनामा कोरोना संक्रमण देखिएको हो ।

पर्सा, सप्तरी, सिरहा र जुम्लाका ९/९ जना, गोरखा, दैलेख, अछाम र बझाङका ८/८ जना, धादिङका ७ जना, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेल्धराका ६/६ जना, लमजुङका ५ जना, महोत्तरी, सिन्धुली, नवलपरासी पूर्व, जाजरकोट र सुर्खेतका ४/४ जना, खोटाङ र प्यूठानका ३/३ जना, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुका २/२ जना तथा इलाम, ओखलढुंगा, धनकुटा, संखुवासभा, रसुवा, डोटीमा, अर्घाखाँची, दार्चुला र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । यो कूल संक्रमितको ९१.९ प्रतिशत हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४६० परिक्षण भएको छ भने हालसम्म १७ लाख १० हजार ४६० परिक्षण भएको  छ ।

हाल नेपालमा १७ हजार २ सय ३७ जना संक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टीनमा ६०१ जना रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: