कास्कीमा ट्राफिक जरिवाना अब बैंकिङ प्रणाली मार्फत दाखिला

Share:

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र ग्लोबल आई.एम.ई. बैङक न्यूरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टर आज शुक्रबार एक कार्यक्रममा बीच शुभारम्भ गरिएको छ ।

यो काउन्टर सञ्चालनमा आएसँगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ । कारवाहिमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको उक्त काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठ, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र ग्लोबल आई.एम.ई. बैंक न्युरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठले ट्राफिक प्रहरी पार्दशिता एवं सु–शासनको पक्षमा थप एक कदम माथी उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतीको विश्वसनियतामा वृद्धि हुने बताए ।

कमेन्ट गर्नुहोस्
Share: