
पोखरा । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको विभिन्न अस्पतालमा उपचाररत ३ वटा जिल्लाका ४ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका १५ का ५२ वर्षीय कोरोना संक्रमित पुरुष शुक्रबार (हिजो) गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । ती पुरुषमा मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।
गण्डकी मेडिकल कलेज मै उपचाररत कास्कीको पोखरा महानगरपालिका १० का ६९ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मंसिर १० गते कोरोना पुष्टि भएका ती पुरुषको उपचारका क्रममा शुक्रबार (हिजो) बेलुका ९ः३० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत तनहुँ रिसिङ गाउँपालिका–८ की ७८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ७ बजे मृत्यु भएको छ । ती महिलामा मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।
कार्तिक २८ गते कोरोना पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान पोखरामा उपचाररत लमजुङ मध्यनेपाल नगरपालिका–६ का ८५ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार (आज) दिउँसो ०२ः०९ बजे मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।
