
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ वटा जिल्लाका २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा नवलपुरका ९ जना, कास्कीका ८ जना, गोरखाका ३ जना र लमजुङका १ जना रहेका छन् ।
नवलपुरको हुप्सेकोट वडा नं. १ की ३१ वर्षीया महिला, बुलिङटार वडा नं.६ की ५० वर्षीया महिला, कावासोती वडा नं. १ का ५२ वर्षीय पुरुष, वडा नं.१६ का ४० वर्षीय पुरुष, देवचुली वडा नं.१५ का ९४ वर्षीय पुरुष, मध्यबिन्दु वडा नं.१० की ३० वर्षीया महिला, गैंडाकोट वडा नं.१ का ७८ वर्षीय पुरुष, वडा नं.२ की ३९ वर्षीया महिला, वडा नं.५ की २० वर्षीया महिला, कास्कीको पोखरा महानगरपालिका वडा नं. १० का १० वर्षीय बालक तथा १३ वर्षीया बालिका सहित ३० वर्षीया महिला वडा नं.१२ का २४ वर्षीय पुरुष, वडा नं.१४ का ५४ वर्षीय पुरुष, वडा नं.१७ का ४३ वर्षीय पुरुष, वडा नं.३२ की २९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै गोरखाको गोरखा नगरपालिका वडा नं. ६ की ३३ वर्षीया महिला, वडा नं.७ की ५३ वर्षीया महिला, बारपाक सुलिकोट वडा नं.७ का ३४ वर्षीय पुरुष र लमजुङको राइनास वडा नं.३ की ८० वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८६२ पुगेको छ ।
