
पोखरा । देशका अधिकांश स्थानको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् ।
अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
