विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो, १४ लाख ५८ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ करोड २५ लाख नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कूल संक्रमितको संख्या ६ करोड २५ लाख ६३ हजार १८४ पुगेको छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वभर १४ लाख ५८ हजार १०३ जनाको मृत्यु भएको छ भने ४ करोड ३१ लाख ८८ हजार ४८४ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै कोरोनाले विश्वमै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड ३६ लाख १० हजार ३५७ पुगेको छ ।

अमेरिकामा २ लाख ७२ हजार २५४ संक्रमितको मृत्यु भएको छ भने ८० लाख ४१ हजार २३९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यसैगरी दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म ९३ लाख ९० हजार ७९१ जनालाई संक्रमण पुष्टि भएको छ ।

भारतमा १ लाख ३६ हजार ७०५ संक्रमितको मृत्यु भएको छ भने ८७ लाख ९९ हजार २४९ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: