कास्कीका ९ र स्याङ्जाका थप १ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आइतबार दिउँसो कास्की र स्याङ्जाका गरी दुई वटा जिल्लाका १० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ९ जना र स्याङ्जाका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ का ३८ वर्षीय पुरुष, वडा नं.८ की ४५ वर्षीया महिला, वडा नं.१० का ५५ र ४५ वर्षीय पुरुष, वडा नं.१२ का १३ र १५ वर्षीय बालक तथा १९ र ४० वर्षीया महिला, वडा नं.१५ का ४३ वर्षीय पुरुष एवं स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं.५ की ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९६७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: