
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको काफलचौरमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मङ्गला–२ लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २०३००१ च २५२ नम्बरको बोलेरो जीप आज बिहान अंन्दाजी १०ः५० बजे काफलचौर स्थित कच्ची मोटर बाटोबाट खसेर दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उक्त दुर्घटनमा परेर जीपमा सवार मंगला गाउँपालिका–२ सल्यानकी ११ वर्षीया करिश्मा क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनमा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा जीपका चालक मंगला गाउँपालिका–२ का ४२ वर्षका खुमबहादुर कटुवाल, जीपमा सवार ४० वर्षीया सुनिता क्षेत्री, ४५ वर्षीया सुकला केसी, १० वर्षीया कृपा क्षेत्री र ३० वर्षीय राजन जि.सि रहेका छन् ।
घाइते मध्य चालक खुमबहादुर र सुनीताको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई उपचारका लागि बेनी अस्पताल लगिएको जनाइएको छ ।
