
लेखनाथ । पोखरा २७ को रिठेपानीमा आइतबार लायन्स क्लव अफ पोखरा मुनाल र राईजिङ्ग स्टार युथ क्लवले राखेको आकस्मीक रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ ।
पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्ममा भए पनि कमि गर्ने उदेस्यले दुई सस्थाको सहकार्यमा भएको रक्तदानमा स्वतस्फुर्त रुपमा ३८ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा पहिलो रक्तदाता ३० औं पटक रक्तदान गरेका महेन्द्र जंग गुरुङलाई बल्ड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले समाजमा सकरात्मक सन्देस दिने गरि दुई सस्थाको सहकार्यमा मानिसको शरिरबाट तीन/तीन महिनामा खेर जाने रगतलाई रक्तदानको कार्यक्रम मार्फत संकलन गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा व्यक्त गरेका थिए ।
लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष पुरुषोक्तम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वच्छ मानिसले तीन/तीन महिनामा रत्तदान गर्दा राम्रो हुने सुझाव दिदै चाडवाडका कारण बजारमा देखिएको रगतको अभावलाई कम गर्न यस यस प्रकारका कार्यक्रमहरु फलदाई हुने विचार राखेका थिए ।
कार्यक्रममा लायन्स क्लवका रत्तदान डिष्ट्रिक डिपाटमेण्टल चिफ बालकृष्ण शर्मा,कार्यक्रम संयोजक तथा ७१ पटक रत्तदान गरिसकेका जितेन्द्रमान शाक्य लगाएतले रक्तदान गर्दा मानिस झन स्वच्छ हुने धारणा राखेका थिए ।
लायन्स क्लवका रिजन चियर प्रसन ज्ञानेन्द्रराज कोईरालाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले गरेका थिए ।
