पोखरामा ११ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

Share:

पोखरा । पोखरामा ११ वर्षीया फरक क्षमता (सुस्त मनस्थिती) भएकी नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्ने २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपाली रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा नाबालिकालाई डर, त्रास र ललाई फकाई जबर्जस्ती करणी गरेको सूचनाका आधारमा शनिबार प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउमा परेका उनीविरुद्ध जबर्जस्ती करणी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: