गण्डकी प्रदेशमा आइतबार थप १०५ जनामा कोरोना पुष्टि, २ को मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा आइतबार थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ७ वटा जिल्लाका १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा आज सबैभन्दा धेरै कास्कीका ५८ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका मात्रै ५० जना रहेका छन् भने ८ जना रुपा गाउँपालिकाका हुन् ।

यस्तै गोरखाका १८ जना, नवलपुरका १२ जना, तनहुँका १० जना, स्याङ्जाका ३ जना तथा लमजुङ र पर्वतका २/२ जना रहेका छन्।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९६७ पुगेको छ ।

यस्तै शनिबार गण्डकीमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभरबाट ४२ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ९१० पुगेको छ।

हाल प्रदेशमा ४ हजार ९०३ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ५१६ परिक्षण भएको र हालसम्म १० लाख ८ हजार ६८५ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: