काँग्रेस प्रदेश १(ख) कास्कीको अगुवा नेता तथा कार्यकर्ता बैठक

Share:

पोखरा । नेपाली काँग्रेस प्रदेश १(ख) कास्कीले अगुवा नेता तथा कार्यकर्ता बैठक गरेको छ ।

बैठकमा प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाका पाँच वटा र मादी गाउँपालिकाका १२ वटा वडाका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

बैठकले इकाइबाट नविकरण भई आएका सदस्यतालाई सर्वसम्मत क्षेत्रमा पठाउने र मंसिर २० गतेसम्म नयाँ सदस्यता वितरण कार्य टुङ्गोमा पु-याउने निर्णय गरेको छ ।

प्रदेश सभा अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा भएको बैठकले पार्टी सुदृढिकरणको अभियान अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सरकारले अनियमितता बढाइरहेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले सदस्यता नवीकरण र वितरणको काम समयमा नै सक्न निर्देशन दिएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

प्रदेश सभा अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा भएको बैठकमा कोषाध्यक्ष श्रीकृष्ण लामिछानेले स्वागत र सचिव सरोज केसीले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: