विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख नाघ्यो, १४ लाख ६५ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ६ करोड ३० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ लाख २ हजार ३३५ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ करोड ३० लाख ७० हजार २७९ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २९९ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १४ लाख ६५ हजार ९५ पुगेको छ ।

हालसम्म विश्वभर ४ करोड ३५ लाख ४२ हजार ३८१ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वभर १ करोड ८० लाख ६० हजार ५८२ जना उपचाररत छन् ।

कोरोना हाल विश्वका २१८ मुलुकमा फैलिएको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख ५० हजार ४०४ रहेको छ । त्यहाँ २ लाख ७३ हजार ७२ संक्रमितको मृत्यु भएको छ भने ८१ लाख ७ हजार २०३ जना कोरोना संक्रमणमुक्त भएका भन्।

दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म ९४ लाख ३२ हजार ७५ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ३७ हजार १७७ संक्रमितको मृत्यु भएको छ भने ८८ लाख ४६ हजार ३१३ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: