
पोखरा । कोरोना संक्रमणका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत १ पुरुष र १ महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड – १९ उपचार केन्द्रमा उपचाररत पोखरा ३ का ६५ वर्षीय पुरुषको आइतबार दिउसो ४ः ३३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा १६ की ५७ वर्षीया महिलाको सोमबार बिहान ४ः०० बजे उपचारकै क्रममा मृत्यु भएको छ । ती महिलामा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
