कोरोनाः नेपालमा थप १३०४ जनामा संक्रमण, २०७३ संक्रमणमुक्त, २१ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५०१ महिला र ८०३ पुरुष गरी १३०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीका १०० जना, ललितपुरका ८५ जना, झापाका ६८ जना, मोरङका ६२ जना, सुनसरीका ५२ जना, रुपन्देहीका ४५ जना, काभ्रेका ४० जना, भक्तपुरका ३६ जना, बाँकेका ३० जना, मकवानपुरका २९ जना, चितवनका २२ जना, बर्दिया र अछामका १९/१९ जना, बैतडीका १८ जना, नवलपुरका १५ जना, धनुषा, पाल्पा र कञ्चनपुरका १४/१४ जना, बाग्लुुङका १३ जना, डडेलधुराका १२ जना, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११/११ जना तथा तनहुँ र बझाङका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

सप्तरी, कपिलवस्तु र गुल्मीका ९/९ जना, धादिङ र अर्घाखाँचीका ८/८ जना, नवलपरासी र बाजुराका ६/६ जना, सिराहाका ५ जना, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानका ४/४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखाका ३/३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङका २/२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घण्टामा २०७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट देशभर १५२९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा मात्र २१ जनाको मृत्यु भएको हो ।

हाल देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा ६१६ जना रहेका छन् ।

गत २४ घण्टामा मात्रै देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण भएको छ भने हालसम्म देशभर १७ लाख ४६ हजार ३३० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: