
पोखरा । देशभरको मौसम बुधबार सामान्यतया सफा रहनेछ । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
अहिले बिहान बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पनि बाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
यस्तै राति गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
