
काठमाडौँ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ लाख ८६ हजार नाघेको छ । गत २४ घण्टामा ११ हजार ७८१ जनाको मृत्यु भएसँगै विश्वमा मृतक संख्या १४ लाख ८६ हजार ६०९ पुगेको छ ।
यस्तै गत २४ घण्टामा विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ८८ हजार ९६४ पुगेको छ ।
हालसम्म विश्वमा ४ करोड ४४ लाख ३७ हजार ९८० जना संक्रमण मुक्त भएका छन्।
यसैबिच, विश्वमै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा २ लाख ७६ हजार ९७६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म अमेरिकामा १ करोड ४१ लाख ८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ भने ८३ लाख ३३ हजार १८ जना संक्रमण मुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्
