भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५०० जना कोरोना संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ३८ हजार १५९ पुगेको हो ।

यसैगरी भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३६ हजार ४५६ जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ संक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ ।

हालसम्म भारतमा ८९ लाख ३१ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: