एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

387
0
Share:

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार यी नयाँभ्वाइस प्याकयहिमंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित रु १७ मा एक घण्टा समय सिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवालिन सक्नेछन् । एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रतिमिनेट कर सहित रु २.५४ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समय सिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स८ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीनदिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स६एस्ट्रिक्स२ह्यास डायल गरी तीनदिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिंदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: