कस्तो रहन्छ आज देशभरको मौसम?

Share:

पोखरा । बिहीबार देशका केही स्थानको मौसम आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानिय वायुको प्रभावका कारण केही स्थानको मौसम भने आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ मौसमविदले बताएका छन् ।

यस्तै राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: