कास्कीका ५९ सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार दिउँसो प्रदेशका ३ जिल्लाका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ५९ जना, स्याङ्जाका ५ जना र बाग्लुङका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ७८, ५९ र ७७ वर्षीय पुरुष तथा ६८ र २५ वर्षीया महिला, वडा नं.२ का १४ वर्षीय बालक सहित ५४ र ५२ वर्षीया महिला, वडा नं.३ की ५७ वर्षीया महिला, वडा नं.४ का २९, २६ र ३८ वर्षीय पुरुष तथा ६२ वर्षीया महिला, वडा नं.५ का ८ र १२ वर्षीय बालक सहित ४० र ६८ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.६ की १९ वर्षीया महिला, वडा नं.७ का ४५ र २९ वर्षीय पुरुष तथा ४३ वर्षीया महिला, वडा नं.८ का ३३ वर्षीय पुरुष तथा ५० र ५४ वर्षीया महिला, वडा नं.१० का ४० वर्षीय पुरुष तथा ४०, ६३ र ३१ वर्षीया महिला, वडा नं.१२ का ८० र २७ वर्षीय पुरुष, वडा नं.१४ की ६८ वर्षीया महिला, वडा नं.१५ की २५ वर्षीया महिला, वडा नं.१७ का ७० र ३२ वर्षीय पुरुष तथा ५८ र ६६ वर्षीया महिला, वडा नं.१८ का ५१ वर्षीय पुरुष, वडा नं.२१ का ५४ वर्षीय पुरुष, वडा नं.२४ का २७ वर्षीय पुरुष, वडा नं.२६ का २५, २३–२३ र ५८ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.२७ का ३३, २७ र ४९ वर्षीय पुरुष, वडा नं.२९ का ३९ वर्षीय पुरुष, वडा नं.३० का १३ वर्षीय बालक सहित २३, ५२, ४१ र ८२ वर्षीया महिला तथा ३४ र ४८ वर्षीया महिला, वडा नं.३२ का ४८ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, माछापुछ्रे गाउँपालिका वडा नं.४ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै स्याङ्जाको पुतलीबजार वडा नं.१ का ५१, २९ र ६१ वर्षीय पुरुष तथा ६८ वर्षीया महिला, वडा नं. ४ का ७६ वर्षीय पुरुष, बाग्लुङको काठेखोला वडा नं.६ का ८१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ३६२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: