
काठमाडौँ । नेपालमा थप १३४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५३४ महिला र ८०९ पुरुष गरी १३४३ जनामा कोरोना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा काठमाडौँमा मात्र ४५५ जनामा कोरोना पुष्टि भएको छ।
मोरङमा १२८ जना, ललितपुरमा ८० जना, कास्कीमा ६९ जना, झापामा ६७ जना, सुनसरीमा ५६ जना, रुपन्देहीमा ४१ जना, दाङमा ४० जना, चितवनमा ३२ जना, बाँकेमा २७ जना, भक्तपुरमा २६ जना, तनहुँमा १९ जना, लमजुङमा १७ जना, संखुवासभा र सप्तरीमा १५/१५ जना, धुनषा, मकवानपुर र बर्दियामा १४/१४ जना, पाल्पामा १३ जना, रसुवा नुवाकोट, बागलुङ र डडेल्धुरामा १२/१२ जना तथा स्याङजा र अछाममा ११/११ जनामा कोरोना संक्रमण देखिएको हो ।
गोरखामा ९ जना, सिरहा, धादिङ र कैलालीमा ८/८ जना, नलवपरासी र जुम्लामा ७/७ जना, काभ्रेमा ६ जना, सर्लाही, नवलपरासी पूर्व, अर्घाखाँची, डोटी र इलाममा ५/५ जना, उदयपुर, पर्सा, बारा, दोलखा, रुकुम पश्चिम र बझाङमा ४/४, पर्वतमा ३ जना, धनकुटा,भोजपुर, सिन्धुपाल्चोक, म्याग्दी, कपिलवस्त, गुल्मी, बैतडी र कञ्चनपुरमा २/२ जना तथा खोटाङमा, ताप्लेजुङ, पाँचथर, महोत्तरी, प्यूठान, रुकुम पूर्व, रोल्पा, कालिकोट, दैलेख र सुर्खेतमा १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
संक्रमित मध्ये २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्र २१११ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कुल संक्रमित मृतकको संख्या १५५१ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
