
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट विगत १३ वर्ष देखि फरार एक प्रतिवादी पक्राउ परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका–९ सिदिङ स्थित आफ्नै घरबाट ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
ज्यान मार्ने उद्योगमा कास्की जिल्ला अदालतबाट वि.स. २०६४ श्रावण ३० गते ७ वर्ष कैद सजाय तोकिएका क्षेत्री हालसम्म फरार रहेका थिए ।
क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले बिहीबार बिहान ४ः३० बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार क्षेत्री विरुद्ध थप अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको छ ।
कमेन्ट गर्नुहोस्
