
पोखरा । बिहीबार कास्कीका ६५ सहित गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ५ जिल्लाका ९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ६५ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ६४ जना हुन् भने एक जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।
यस्तै नवलपुरका २२ जना, स्याङ्गजाका ९ जना र बाग्लुङ र तनहुँका १/१ जना रहेका छन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९५ पुगेको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १६२ जनाको मृत्यु भइसकेको छ।
कमेन्ट गर्नुहोस्




