नवलपरासीबाट लागुऔषधसहित पर्वतका २ युवा पक्राउ

Share:

नवलपुर । नवलपुरको कावासोतीबाट लागुऔषधसहित पर्वतका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका ८ निवासी २१ वर्षीय अनिल परियार र कुश्मा–४ निवासी २१ वर्षीय बबिन पुन रहेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोती–१६ डण्डामा लु२ख २१३१ नं को बसमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित ती युवा पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनीहरुको साथबाट फेनारागन ५२ एम्पुल, डाईजापाम ५२ एम्पुल र नुफिन ५२ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान शुरु गरि कारबाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: