पोखराका २४ सहित गण्डकीमा ३४ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका २४ सहित गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै २४ जना रहेका छन् । यस्तै म्याग्दीका ९ जना र बाग्लुङका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ की ३३ वर्षीया महिला, वडा नं.७ का ६२ वर्षीय पुरुष, वडा नं.९ का २५ र ३७ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला, वडा नं.११ २७ र ३८ वर्षीय पुरुष, वडा नं.१२ की २३ वर्षीया महिला, वडा नं.१३ का ४९ वर्षीय पुरुष, वडा नं.१४ की २० वर्षीया महिला, वडा नं.१५ का ११ वर्षीय बालक तथा ११ वर्षीया बालिका सहित ४४ वर्षीया महिला, वडा नं.१७ का ४० वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.१८ की २२ वर्षीया महिला, वडा नं.१९ की २७ वर्षीया महिला, वडा नं.२५ का ४४ वर्षीय पुरुष, वडा नं.२६ का ३६ वर्षीय पुरुष, वडा नं.२८ का १८, ४५, २३ र ३७ वर्षीय पुरुष, वडा नं.३३ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै म्याग्दीको बेनी वडा नं. १ का ३० वर्षीय पुरुष, वडा नं. ३ का ४४ वर्षीय पुरुष, वडा नं.६ का ३२ वर्षीय पुरुष, वडा नं.७ का ४०, १०, ३२, ३४–३४ र ४८ वर्षीय पुरुष, एवं बाग्लुङको तमानखोला वडा नं. २ का ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४६६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: