
पोखरा । पोखरामा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भइ चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. ८ की ६६ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ती महिला कोरोना संक्रमणसँगै प्रेसर, सुगर लगायतबाट समेत ग्रसित रहेको बताइएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
