पोखराका ३४ सहित गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३४ सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । यस्तै स्याङ्जाका २ जना र तनहुँका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ५९ वर्षीया महिला, वडा नं.२ का ६५ वर्षीय पुरुष तथा २३, ३३ र ५७ वर्षीया महिला, वडा नं.३ का ६५ वर्षीय पुरुष तथा ६३ र २९ वर्षीया महिला, वडा नं.६ की ५० वर्षीया महिला, वडा नं.८ का ७४ वर्षीय पुरुष, वडा नं.९ का ४८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.१० का ७८ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.११ का ३१ र ३३ वर्षीय पुरुष, वडा नं.१२ का ७५ वर्षीय पुरुष तथा ४५ र ७२ वर्षीया महिला, वडा नं.१४ का २४ वर्षीय पुरुष, वडा नं.१५ का ५४ वर्षीय पुरुष, वडा नं.१६ का ४७ वर्षीय पुरुष, वडा नं.१७ का ३५ र २८ वर्षीय पुरुष तथा २२ र ३५ वर्षीया महिला, वडा नं.१९ का २८ र ५६ वर्षीय पुरुष, वडा नं.२३ की ४० वर्षीया महिला, वडा नं.२६ का ६१ र २५ वर्षीय पुरुष, वडा नं.३० का ५१ वर्षीय पुरुष, वडा नं.३१ का २१ र ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै स्याङ्जा पुतलीबजार वडा नं.१ का ७० वर्षीय पुरुष, वडा नं.३ का ४० वर्षीय पुरुष एवं तनहुँको व्यास वडा नं.११ का ४२ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४३२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: