सुनको भाउ आज पनि बढ्यो

Share:

पोखरा । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन ९२ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार पनि सुन तोलामा १६०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन आज ९२ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज शुक्रबार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: