सिमेन्ट खानी क्षेत्रमा बम विस्फोट, पाँच मजदुर घाइते

329
0
Share:

उदयपुर । उदयपुरमा एक सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा चार जना मजदुर घाइते भएका छन्।

जिल्लाको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा सवा १२ बजे ४ वटा शक्तिशाली बम विस्फोट भएको इलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ ।

विस्फोटमा परी उद्योगमा कार्यरत कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, कटारी ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का २५ वर्षीय दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान र १८ वर्षीय शिवशंकर मोक्तान घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उक्त क्षेत्रमा रहेका एक स्कोभेटर, मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: