
काठमाडौँ । नेपालमा थप १२७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४८४ जना महिला र ७८८ जना पुरुष गरी १२७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ४४० जनामा कोरोना पुष्टि भएको छ।
ललितपुरका १२५ जना, कास्कीका ७९ जना, मोरङका ६१ जना, भक्तपुरका ४१ जना, अछामका ४० जना, सुनसरी, रुपन्देहीका ३६/३६ जना, झापा र बाँकेका ३०/३० जना, चितवनका २९ जना, नवलपरासी पूर्वका २८ जना, कैलालीका २४ जना, गुल्मी र दाङका २१/२१ जना, काभ्रे र पाल्पाका १९/१९ जना, धुनषाका १३ जना, मकवानपुरका १२ जना, स्याङजा र डडेल्धुराका ११/११ जना तथा दोलखाका १० जनामा कोरोना संक्रमण देखिएको छ ।
सिरहा, म्याग्दी, नलवपरासी र दार्चुलाका ९/९ जना, इलामका ८ जना, सिन्धुपाल्चोक, गोरखा, बर्दिया र कञ्चनपुरका ७/७ जना, बारा, धादिङ, अर्घाखाँची र प्यूठानका ५/५ जना, सर्लाहीका ४ जना, उदयपुर, संखुवासभा, तनहुँ, बागलुङ र डोटीका ३/३ जना, धनकुटा, सप्तरी, नुवाकोट, रामेछाप, लमजुङ, दैलेख र बैतडीमा २/२ जना, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, पर्सा, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत, कपिलवस्तु र रोल्पाका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
यस्तै गत २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । यो कुल संक्रमितको ९२.९ प्रतिशत हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ। गत २४ घण्टामा मात्रै थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८०३१ र हालसम्म १७ लाख ७१ हजार ९५० पिसिआर परिक्षण भएको छ ।
