
हुम्ला । हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित सातजना घाइते भएका छन् ।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप सिमकोट गाउँपालिका–७ डाँडाफयामा राति ११ बजेतिर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।
दुर्घटनामा सिमकोट–७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा–१ हेप्काका ४५ वर्षीय डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिकी कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिकी सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।
उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र एक वर्षका बालकसहित पाँचको अवस्था सामान्य भएको जनाइएको छ ।
