आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशको पहाडी क्षेत्रमा शनिबार (आज) आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको र त्यसको केही प्रभाव नेपालमा पनि रहेको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराईका थोरै भू–भागमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह सम्ममा बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन र यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: