कांग्रेसले २९ गते देशभर प्रदर्शन गर्ने

Share:

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार बसेको कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गृहजिल्ला तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ ।

उक्त तनहुँ घटनाका साथै कोभिड–१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको निर्णय छ ।

साथै कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

कमेन्ट गर्नुहोस्
Share: