नेकपा सचिवालय बैठक बस्दै

Share:

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ ।

बैठक आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ ।

गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । जसको १० दिनपश्चात् बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म (आजसम्मका लागि) स्थगित गरेका थिए ।

यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमतिको प्रयास गरेकी थिइन् भने ओलीनिकट नेताहरुले प्रचण्डसँग छलफल गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: