विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख नाघ्यो, १५ लाख २३ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ५३७ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म ४ करोड ५८ लाख ८ हजार २२९ जना निको भएका छन् । २४ घण्टामा मात्रै ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार १२६ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख २३ हजार ५६१ पुगेको छ ।

हाल विश्वभर १ करोड ८८ लाख ८९ हजार ८३६ सक्रिय संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: