
पोखरा । पोखरामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्थित विभिन्न अस्पतालमा उपचारका क्रममा कास्कीको पोखरा महानगरपालिकाका दुई पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे उपचारकै क्रममा मृत्यु भएको छ । ती पुरुषमा कार्तिक २८ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै फिस्टेल अस्पताल पोखरामा उपचाररत पोखरा–११ की ७२ वर्षीया महिलाको उपचारकै क्रममा शुक्रबार बेलुका ८ः४५ बजे मृत्यु भएको छ । ती महिलामा मंसिर १८ गते कोरोना पुष्टि भएको थियो ।
मंसिर १६ गते कोरोना पुष्टि भइ फिस्टेल अस्पतालमै उपचाररत पोखरा–१२ का ८० वर्षीय पुरुषको शनिबार दिउँसो १२ः१५ बजे मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।
