कास्कीका १४ सहित गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण

Share:

पोखरा । कास्कीका १४ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार दिउँसो प्रदेशका ७ वटा जिल्लाका ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १४ जना, लमजुङ र बाग्लुङका ८/८ जना, गोरखाका ७ जना, म्याग्दी र मुस्ताङका २,२ जना तथा स्याङ्जाका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.८ का १५ वर्षीय पुरुष, वडा नं. १२ का ४६ वर्षीय पुरुष तथा ११ वर्षीया बालिका, वडा नं.१४ का ६४ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१५ का ६७ वर्षीय पुरुष, वडा नखुलेका ८१, ६६, ६९ र ३९ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, मादी गाउँपालिका वडा नं.७ का २५ वर्षीय पुरुष, माछापुच्छ्रे गाउँपालिकाका ७३ र ५३ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

यस्तै लमजुङको मध्यनेपाल वडा नं.२ का ३१ र ३४ वर्षीय पुरुष, वडा नं.३ की २२ वर्षीया महिला, वडा नं.५ की २६ वर्षीया महिला, वडा नं.७ की ३५ वर्षीया महिला, सुन्दरबजारका १४ र ३३ वर्षीय पुरुष तथा तथा ६६ वर्षीया महिला, बाग्लुङका ४५, ३५, ५७, २३, ६७ र ३८ वर्षीय पुरुष तथा २३ र ३१ वर्षीया महिला, गोरखाको अजिरकोटका २२, २४ र ३२ वर्षीय पुरुष, गण्डकी गाउँपालिकाका ४५, २८ र ४२ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ४० वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, मुस्ताङका २४ र २५ वर्षीय पुरुष एवं स्याङ्जाका ३७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५९८ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: