
काठमाडौँ । नेपालमा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४०२ महिला र ६२२ पुरुष गरी १०२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा काठमाडौँमा मात्रै ३४९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ललितपुरका ६५ जना, नुवाकोटका ४६ जना, कास्कीका ४५ जना, रुपन्देहीका ४१ जना, झापाका ३९ जना, अछामका ३५ जना, कैलालीका ३३ जना, काभ्रेका २९ जना, सुनसरीका २८ जना, बाँकेका २० जना, भक्तपुर र धनुषाका १८/१८ जना, कञ्चनपुरका १७ जना, पर्सा, मकवानपुर र लमजुङका १५/१५ जना, सिन्धुली र बाग्लुङका १४/१४ जना तथा चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११ जनामा कोरोना संक्रमण भएको छ ।
तनहुँ र बर्दियाका ९/९ जना, धादिङका ८ जना, दोलखाका ७ जना, इलामका ६ जना, नवलपरासी र पाल्पाका ५/५ जना, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका ४/४ जना, सर्लाही, दैलेख, दार्चुला र बैतडीका ३/३ जना, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, अर्घाखाँची र गुल्मीका १/१ जनामा संक्रमण देखिएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमित मृतकको संख्या १५७७ पुगेको छ ।
हाल देशभर १४ हजार २५५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा छन् भने ३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल ५३६ जना क्वारेन्टीनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०७४ परिक्षण भएको छ भने हालसम्म १७ लाख ७८ हजार २४ परिक्षण भएको छ ।
