
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आआफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
हिजो (शनिबार) बसेको सचिवालय बैठकले दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन असफल भएपछि छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको थियो ।
गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौँ आरोप लगाउँदै एकल प्रस्ताव पेश गरेपछि चिढिएका ओलीले मंसिर १३ को सचिवालय बैठकमा प्रचण्डको आरोपको ‘प्रत्युत्तरपत्र’ को नाममा जवाफ फर्काएका थिए ।
कमेन्ट गर्नुहोस्
