
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ ।
शनिबार थप ३६ हजार १११ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९० लाख ९९ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै शनिबार थप ४८० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार २१६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
