कोरोना संक्रमणबाट पोखरामा थप एक को मृत्यु

Share:

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ७५ वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान १०ः४५ बजे मृत्यु भएको छ ।

ती पुरुषमा मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: