कास्कीका ४ सहित गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ४ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना, तनहुँका ३ जना र स्याङ्जाका एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ४० वर्षीय पुरुष, वडा नं.१० का २८ र ३२ वर्षीय पुरुष तथा २८ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

यस्तै, तनहुँको व्यास वडा नं.१ का ८० वर्षीय पुरुष तथा २८ वर्षीया महिला, शुक्लागण्डकी वडा नं. २ की २७ वर्षीया महिला एवं स्याङ्जाको वालिङ वडा नं. ९ का ५१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित हुनेको संख्या १२ हजार ६३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: