विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख नाघ्यो, १५ लाख ४१ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ७३ लाख नाघेको छ ।

गत २४ घण्टामा ५ लाख ३४ हजार ९४२ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यस्तै गत २४ घण्टामा विश्वभर ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमित मृतकको संख्या १५ लाख ४१ हजार ६४१ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या १ करोड ५१ लाख ५२९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ५५ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८८ हजार ९०६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: