
दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको शैलेशिखर–९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की (चालक) र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
