
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ हजार २७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा थप ३७४ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५९० पुगेको छ ।
कोरोना संक्रमणबाट भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
