
पोखरा । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।
यसअघि आइतबार सुन २ सयले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको थियो ।
कमेन्ट गर्नुहोस्
